२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

मेलम्चीको पानी अझै अनिश्चित !

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ १५, २०७७
    चौताराः मुख्य संरचना सुरुङमार्गमा डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्चीको पानी नपाउने निश्चित भएको छ।

    बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पु¥याउन अझै कम्तीमा पाँच महिना लाग्ने देखिएको छ। पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको समाचार आजको नागरिक दैनिकले लेखेको छ।

    डिजाइन र जडानमै त्रुटि भेटिएको हालको गेट झिकेर नयाँ स्वरूपमा राख्नुपर्ने भएकाले मेलम्ची आयोजना पछाडि धकेलिन लागेको आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए।

    ‘नयाँ डिजाइनअनुसार गेट मात्र राख्न तीन महिना लाग्छ,’ उनले भने, ‘दसैंसम्म मेलम्चीको पानी राजधानी पु(याउन अब सम्भव रहेन।’ परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट असार ३० गते खुलेर दुर्घटना भएपछि त्यसको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो। गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो। घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शव फेला परे पनि एक कर्मचारी अझै बेपत्ता छन्।

    खानेपानी मन्त्रालयद्वारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानबिन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटि औंल्याएको थियो। ६ सदस्यीय समितिले घटनास्थलसहितको अध्ययन गरी साउन दोस्रो साता सुझावसहित प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो।

    समितिको सुझावअनुसार गेटमा भएको त्रुटि सच्याउने काम थालिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए। उनका अनुसार अहिले गेट निकाल्ने काम भइरहेको छ। साढे २६ किलोमिटर लामो सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल अडिटमा गरी चारवटा गेट छन्।

    सुझावअनुसार चारैवटा गेट निकालेर नयाँ स्वरूपमा जडान गरिनेछ। खुलेको अम्बाथानस्थित १७ नम्बर गेट र ग्याल्थुम अडिटको गेट निकालिसकिएको छ। ‘गेट निकाल्न विस्फोट नै गर्नुपर्ने हुन्छ,’ उनले भने।

    आयोजनाका अनुसार हालको गेट बाहिरबाट खोल्न मिल्नेगरी जडान गरिएको छ। छानबिन समितिले यसैमा त्रुटि औंल्याएको हो। समितिको सुझावअनुसार अब बाहिरबाट भित्र ९सुरुङतिर० खोल्न मिल्नेगरी जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

    जसरी हामी बाहिरबाट भित्रतिर ढोका खोलेर घरमा पस्छौं। अब राखिने गेटको नयाँ स्वरूप भनेको घरको ढोकाजस्तै हो,’ उनले भने। पुरानो गेटबाहिरबाटै बाहिरै खोलेर नटबोल्ट कसिने डिजाइन हो।

    परीक्षण क्रममा पानी चापले नटबोल्ट स्लिप भएर खुस्किएपछि गेट सुरुङ बाहिर खुलेको थियो। बाहिरबाट भित्र खोल्नेगरी डिजाइन गरिएको भए दुर्घटना नहुने छानबिन समितिको ठहर थियो। सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो। उसले हेडवक्र्सको पनि काम गरिरहेको छ।

    पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पु(याउन अझै कम्तीमा पाँच महिना लाग्नेछ।

    इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट डिजाइन, निर्माण, जडान गरिएको थियो। त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको थियो।

    नयाँ डिजाइनमा फलामे गेट (ढोका) पुरानै प्रयोगमा ल्याउन मिल्ने भए पनि चौकोस भारतबाट मगाउनुपर्ने श्रेष्ठले बताए। उनका अनुसार ढलान फ्रेम भएको चौकोसमा फलामे गेट झुन्ड्याइन्छ।

    ‘कोरोना र सीमा नाका बन्द भएको अवस्थामा भारतबाट फ्रेम झिकाउन त्यति सहज छैन,’ उनले भने। उनका अनुसार समयमै फ्रेम झिकाउन सके तीन महिनामै गेट जडान सकिन्छ, अन्यथा यो समय अझै धेरै लाग्न सक्छ।

    असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो। परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो। सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो। सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो।

    आयोजनाका अनुसार सुरुङमा प्रतिसेकेन्ड ६ हजार लिटर पानी पठाउन सकिने भए पनि ५ प्रतिशत मात्र छिराइएको थियो। तर सुरुङको गेटले ५ प्रतिशत पानीको चाप पनि थेग्न सकेन। आयोजनाकै अनुमानमा गेट जडान तीन महिनामा सकिए पुनः सुरुदेखि नै सुरुङ परीक्षण गर्न थप दुई महिना समय लाग्नेछ। चाँडोमा मेलम्चीको पानी काठमाडौं पुर्याउन अझै पाँच महिना लाग्ने आयोजनाका अधिकारी नै स्विकार्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस