२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

बिटकोइन : भ्रम र यथार्थ

Thumbnail
  • २०७४ आश्विन २९, आईतबार मा प्रकाशित ६ साल अघि
    • अनिल पाठक

    इन्टरनेट र प्रविधिका विभिन्न प्रयोगहरु भैरहेका छन् जसका कारण कुनै समयमा अशम्भव भनिएका कामहरु पनि आज सजिलै केहि छोटो समय अवधिमै गर्न सकिने प्रबिधिको बिकाश भएका छन् । इन्टरनेट को प्रयोग बाटै आज आफ््ना प्रतिभा संसार सामु पु¥याउन सकिन्छ र इन्टरनेट का माध्यम बाट नै आफ्नो क्षमता अनुसारका कामहरु गर्न सकिन्छ र पैसा कमाउन पनि सकिन्छ । कम्प्युटर प्रबिधिसँग रुचि राख्ने मान्छेहरुले विभिन्न तरिकाले पैसा कमाई रहेका छन् । पछिल्लो समय फेसबुकले पनि आफ्नो प्रयोगकर्तालाई आफ्नो  फेसबुक मोनिटाइज गर्ने सुबिधा दिएको छ ।

    संसारभर यस्ता नयाँ नयाँ प्रयोग सफलताका साथ भएका छन् र देशको अर्थतन्त्र माथि उकासेको छ भने हाम्रो देशमा चै किन हुन सक्दैन ? केहि समय पहिले भीओइपी सेवाहरु टेलिकम ले गैरकानुनी भनेको थियो तर आज हामि स्काइप, इमो, मेसेन्जर, इत्यादी जस्ता प्रबिधि प्रयोग गर्छौ र मज्जाले कुरा गर्छौ । यो समय र प्रविधिको आवश्यकता हो ।

    यति भनिरहदा मैले जोड्न खोजेको कुरा के हो भने के साचै बिटकोइन प्रयोग गर्नु गलत हो त ? बिटकोइन भनेको एलेक्ट्रोनिक मुद्रा हो जसलाई हामी डिजिटल करेंसी भन्छौ । यो विकेन्द्रिकृत मुद्रा हो जसलाई कुनै पनि व्यक्ति, सस्था वा निकायले नियन्त्रण गरेको हुँदैन जुन चाहि सन् २००९ मा पहिलो पटक रिलिज भएको थियो । हामी विभिन्न तरिकाले बिटकोइन कमाउन सक्छौ । हाम्रो वालेट मा भएका बिटकोइन लाइ विभिन्न मुद्रा वा सेवा प्रयोग गर्नका निम्ति प्रयोग गर्न सकिन्छ ।

    यस्ता विभिन्न प्रकारका डिजिटल करेंसी विश्व बजारमा उपलब्ध छन् तर सबै भन्दा बढी प्रयोग मा भने बिटकोइन लाइ प्रयोग गरिन्छ । क्याम्ब्रिज विश्व विद्यालयको रिसर्च अनुसार ५.८ मिलियन प्रयोगकर्ताले बिटकोइन प्रयोग गर्छन । सन् २०१४ मा प्रतिष्ठित कम्पनी जस्तै पेपल, माइक्रोसोफट, डेल लगाएतका कम्पनीहरुले बिटकोइन मा भुक्तानी गर्ने स्वीकार गर्यो । यसलाई हामी कुनै पनि देशमा प्रयोग गर्न सक्छौ तर सबै देशमा बिटकोइनलाई कानुनि मान्यता भने दिइएको छैन । यसको बढ्दो लोकप्रियताको कारण भनेको यो सबै भन्दा सुरक्षित र छिटो हुने भएकाले यो निकै लोकप्रिय बनिरहेको छ । मूख्यतः बिटकोइन को मूल्य सधै बढ्ने हुनाले यसमा लगानी गर्ने को संख्या पनि कम छैन । मैले यो आर्टिकल लेखिरहँदा को समय मा १ बिटकोइन को मूल्य सरदर रु ४,६०,००० रहेको छ । ब्लूमबर्ग टेक्नोलोजीका अनुसार सन् २०१८ सम्म १ बिटकोइन को मूल्य ४७,५०० पुग्ने अनुमान गरिएको छ । यसरी मूल्य बढ्ने भएपछी बिना कुनै परिश्रम थोरै लगानी गर्यो भने पनि धेरै कमाउन सकिने हुँदा बिटकोइन प्रति बढी आकर्षण भएको हो । बिटकोइन को सबैभन्दा सानो एकाई लाई सातोशि भनिन्छ ।

    तर नेपाल राष्ट्र बैंकले गत श्रावन २९ गते निकालेको सूचनामा बिट्कोइनलाई गैर कानुनी भनेको छ जसका कारण सबै बिटकोइन व्यापार र लेनदेन बन्द भएका छन् । नेपाल राष्ट्र बैंकका उप निर्देशक केदारप्रसाद आचार्यले एउटा कार्यक्रममा बिटकोइन् नेपालमा अबैधनिक र गैरकानुनी रहेको बताएका थिए । नेपाल राष्ट्र बैंकले कति रकम बहिरियो र कति भित्रीयो भनेर अनुगमन गर्ने नसक्ने हुँदा र अपर्यापत नीति नियम, प्रबिधि र प्रोटोकोल का कारण बिटकोइन कारोबार गैरकानुनी बनाइएको छ । यसरी हामी प्रबिधिको परिवर्तन र विकासलाई अनुसरण र आत्मसाथ गर्नुको साटो बन्देज लगाउदै जानु भनेको हामी आफैं कमजोर हुनु हो ।

    गुगल एड्सेन्से, युटुब, फेसबुक, फ्रीलांस, इत्यादीका माध्यमबाट आज पनि नेपालि कम्प्युटर प्रयोगकर्ताहरु आफ्नो क्षमता अनुसार पैसा कमाइ रहेका छन् । हाम्रो अर्थतन्त्रको गोलमाल र राष्ट्र बैंकको प्राविधिक असक्षमताका कारण यी कुरामा पनि भविश्यमा असर नपर्ला भन्न सकिन्न ।

    यद्यपि डिजिटल करेंसी जस्तै लिटेकोइन, इथेरियम, जेक, ड्यास, रिपल, मोनेरो इत्यादी जस्ताका बारेमा भने प्रष्ट रुपमा केही भनिएको छैन । त्यसकारण अझै केही अन्यौलता भने छ । हरेक कुराका २ पाटा हुन्छन, सकारात्मक र नकारात्मक । यदी कसैले अरुलाई हानी हुने गरी प्रयोग गर्छ भने तिनीहरुलाई कारबाही हुनुपर्छ तर अरुको क्षमता र लगनशीलतालाई यतिकै आफ्नो कमजोरी लुकाउन ठूलाले सानालाई असर पर्ने खालका नीति नियमहरु हटाउनु पर्छ ।

    २९ असोज २०७४ मा प्रकाशित

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस